तारकेश्वर नगरपालिका- ७ ढकाल टोल पहिरोको जोखिममा
कपन अनलाइन
काठमाडौं ,भाद्र १०। मेनुका कार्की /विपिन बोहोरा
काठमाडौं तारकेश्वर नगरपालिका -७ ढकाल टोलमा लगातार वर्षाका कारण पहिरोको जोखिममा परेको छ। केहि हप्ता देखिको अविरल वर्षाका कारण सो स्थानमा गएको पहिरोले अहिले सम्म क्षेती नपुर्याए पनि सो स्थानका रुखहरु काटिएका कारण जोखिम बढेको स्थानीय मुरारी ढकाल ले बताएका छन।
हाल सम्म पहिरो नियन्त्रणका लागि सामान्य किला ठोकिएको तर त्यसले बहाव छेक्न नसकोले जोखिम बढेको बताउदै उनले पहिरो नियन्त्रणका लागे हाल सम्म नेपाल रेडक्रस सोसाइटीले ५ थान पाल मात्र उपलव्ध गराएको बताए।
स्थानीयहरुले पहिरो नियन्त्रणका लागि निवेदन पेश गरिसक्दा पनि वडा कार्यालयले किन पहल नगरेको भन्ने हाम्रो प्रश्नमा वडा नं ७ का अध्यक्ष सानुकाजी खत्रीले नगरपालिकामा निवेदन पेस भइसकेको र कोरोना प्रकोपका कारणले काम गर्न कठिनाइ भएको बताउदै सो क्षेत्रको पहिरो नियन्त्रण तत्काल गर्ने बताएका छन।
( मेनुका कार्की /विपिन बोहोरा सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )