ताप्लेजुङमा कोरोना नियन्त्रणका लागि जम्मा हुने रकम बिपद व्यवसथापन समितिको खातामा राखिने
कपन अनलाइन
काठमाडौं ,भाद्र ८ /अमृता नेपाली
कोभिड -१९ नियन्त्रण तथा ब्यबस्थापन समिति ताप्लेजुङले कोरोना ब्यबस्थापनको लागि स्थानीय तह लगायतबाट जम्मा हुने रकम जिल्ला बिपद ब्यबस्थापन समितिको खातामा राख्ने भएक छ। यसअघि समितिको नाममा रह्र्को बैंक खातामा जम्मा गर्ने गरिएको भएपनी अबदेखि बिपद ब्यबस्थापन समितिको खातामा राख्ने निर्णय गरिएको कोभिड -१९ नियन्त्रण तथा ब्यबस्थापन समितिका संयोजक एबम जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जानकारी दिएका छन ।
तत्कालीन अबस्थामा समितिले आफ्नै नाममा खाता खोलेर सन्चालन गरेको भए पनि त्यो बैधानिक नभएको बिपद ब्यबस्थापन समितिको खातामा जम्मा गर्ने निर्णय गरिएको मादेनको भनाइ छ।उनका अनुसार हाल उक्त खाताबाट भएको खर्चलाई अनुमोदन गरि बाकी रहेको रकम बिपद ब्यबस्थापन समितिको खातामा नै सारिने छ।
जिल्ला बिपद ब्यबस्थापन समितिको खातामा रकम जम्मा भएपनी खर्च निकासामा भने कोभिड -१९ नियन्त्रण तथा ब्यबस्थापन समितिको निर्णय अनुसार हुने छ। समितिको नाममा रहेकोे पहिलेको खातामा जिल्लाका ९ स्थानीय तहमध्ये ५ वटाले दुई लाखका दरले १० लाख जम्मा गरेका थिए ।सो मध्ये २ लाख ८२ हजार रुपैया भने यसअघि खर्च भइसकेको छ। अब जम्मा गर्न बाकी ४ वटा स्थानीय तहले जिल्ला बिपद ब्यबस्थापन समितिको खातामा रकम जम्मा गर्नेछन् ।
केही दिन अघिमात्र सरुवा भएर ताप्लेजुङ पुग्नु भएका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईंले जिल्ला स्तरबाट हुन सक्ने कोरोना नियन्त्रण तथा जोखिम व्यवस्थापन आफू गम्भीर रूपमा लाग्ने बताएका छन ।आइतबार कुरा गर्दै जोखिमलाई मध्यनजर गर्दै सोही अनुरुप सम्बन्धित पक्षसङ आबस्यक समन्वयका साथ काम गर्ने बताएका छन ।
(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )