नेपाल आइडलको उत्कृष्ट तीनमा पर्न सफल गोकर्णेश्वरकी सज्जा चौलागाईको भोट अपिल

नेपाल आइडलको उत्कृष्ट तीनमा पर्न सफल गोकर्णेश्वरकी सज्जा चौलागाईको भोट अपिल

कपन अनलाइन

काठमाडौँ, भाद्र ८ एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा मोरङ पथरी शनिश्चरे घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा  बस्दै आएकी  सज्जा चौलागाई रियालिटी शो नेपाल आइडल सिजन ३ को उत्कृष्ट ३ मा पुग्न सफल भएकी छिन् ।

 

जन्म घर मोरङ भए पनि  बुवा आमा  संगै काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटीमा  बस्दै आएकी उनले प्लस टु इस्टपोल माबी  जोरपाटी नारायणटार  बाट पुरा गरेकी छन् ।बाल्यकालदेखि नै अध्ययनसँगै गायनमा रुचि राख्ने सज्जाले इस्टपोल स्कुलमा कक्षा ८ मा पढ्दा भएको गायन प्रतियोगितामा तारा देवी र कुन्ती मोक्तानको हातबाट गोल्डेन मेडल (प्रथम स्थान) हाशिल गरेकी  थिइन्।

सज्जा चौलागाई आफ्नो दरिलो र मिठासपुर्ण आवाजका कारण सबै दर्शकको मन जित्न सफल भएकी छिन । उनको कला र गलाको जादुले दर्शक मात्र हैन निर्णायकहरुको समेत माया पाउन सफल भएकी छन । सज्जा हजारौ  प्रतिस्पर्धीलाइ  पछि पार्दै नेपाल आईडल सिजन ३ की एक्ली महिला प्रतिस्पर्धी बनेकी  हुन ।

नेपाल आईडलको टपमा पुगे पछि निर्णायकको  हातमा नहुने भएकाले सज्जालाइ अहिले गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि देखि लिएर बिभिन्न राजनीतिज्ञ ,समाजसेवी एबम सर्वसाधारणहरुले समेत उनलाई दरिलो साथ दिएका छन्। उनीहरुले  गोकर्णेश्वर नगरपालिका क्षेत्रको प्रतिभाको कला र गलाको मूल्याङ्कन गर्दै सज्जालाई भोट गर्न अपिल गरेका छन् ।

उनलाई भोट गर्नको लागि नेपाल भित्र बाट मोबाइलमा NI11 टाइप गरि ३७oooमा पठाउन सकिने छ भने १६६६७७११ मा डायल गरि आफ्नो मत दिन सकिनेछ। त्यसै गरि भारत बाट भोडाफोन प्रयोगकर्ताले ५३०१० , कतार बाट (Oredoo) प्रयोगकर्ताले ९२३००  मा  र मलेसियामा (All Tetesos)प्रयोगकर्ताले ३३३१० मा एस एम एस गरि भोट गर्न सकिनेछ त्यसै गरि अनलाइन भोटिंगको लागि   इसेवा र रेक्स्पेक्ट एण्ड राईज एप्स मार्फत  भोट गर्न सकिनेछ ।

उनले अपार माया र सद्भाव प्रति सधै भरी आफु  आभारी र कृतज्ञ  रहेको भन्दै   आगामी दिनहरुमा पनि यसै गरी साथ, माया र हौसला दिइ रहनु हुनेछ भन्ने पुर्ण बिश्वास लिएको बताउदै आफुलाई अत्याधिक भोट दिनको लागि सबै संग अपिल  गरेकी छिन ।

तपाइँको प्रतिक्रिया ।