अग्रमोर्चाका योद्दामाथि भएको दुर्व्यवहार बिरुद्द मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

अग्रमोर्चाका योद्दामाथि भएको दुर्व्यवहार बिरुद्द मानव अधिकार तथा शान्ति समाजको  प्रदर्शन

कपन अनलाइन

काठमाडौं भाद्र ८ ।कोरोना संत्रास बढ्दै गइरहँदा समाजमा अग्रपंक्तिमा उभिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुप्रति बढ्दो सामाजिक असहिष्णुता अन्त्य र कानूनी कारवाहीको मागगर्दै मानव अधिकार तथा शान्ति समाजले आज शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, संचारकर्मीलाई संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रहका साथ काठमाडौंको जोरपाटीमा आयोजना गरिएको प्रदर्शनीमा संस्थाका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं र काठमाडौं शाखाका सभापति जगन्नाथ पुडासैनी , सचिव  इश्वर पुडासैनी,  लगायत डेढ दर्जन अधिकारकर्मीहरु सहित स्थानीय को स्वत स्फुर्त सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले   संकटको समयमा अधिकतम धैर्यता अपनाउन सबैमा आग्रह  गरेका थिए । स्वास्थ्य, सुरक्षा र संचारक्षेत्र ज्यादा संबेदनशील रहेको र उनीहरुको कर्मप्रति मुक्तकण्ठले प्रशंसा गर्दै उनीहरुको भावनाको कदरगर्न समेत आग्रह गरिएको थियो । कार्यक्रमको संयोजन केन्द्रिय कोषाध्यक्ष रामकृष्ण बरालले  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।