गोकर्णेश्वरका स्थानीय द्वारा कोरोना महामारीको बिचमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी सहितको सम्मानमा ब्यानर टाँसे

गोकर्णेश्वरका स्थानीय द्वारा कोरोना महामारीको बिचमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी सहितको सम्मानमा ब्यानर टाँसे

कपन अनलाइन

काठमाडौँ, भाद्र ८। गोकर्णेश्वर नगरपालिकाका स्थानीयले कोरोना महामारीको बिचमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी सहितको  सम्मानमा ब्यानर टाँसेका छन्।स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा अहोरात्र खटिरहेकाले उनीहरुलाई हौसला प्रदान गर्न त्यहाँका स्थानीयले ब्यानर टाँसेका हुन्।

देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण तथा विरोध भइरहेकाले उनीहरुको सम्मान स्वरुप ब्यानर टाँस्ने अभियान सुरु गरिएको गोकर्णेश्वर नगरपालिकाका स्थानीय उद्धव रायमाझीले बताए। उनीहरुले आइतबार जोरपाटीका विभिन्न स्थानमा ब्यानर टाँसेका छन् ।

सोमबार नगरपालिकाका विभिन्न स्थानमा पनि ब्यानर टाँस्ने तयारी भएको उनले बताए। स्थास्थ्यकर्मी सहित कोरोना कहरको बिचमा अग्रमोर्चामा खटिनेहरुको हौसला बढे मात्र कोरोनालाई जित्न सकिने भन्दै यो अभियान सुरु गरिएको उनीहरुको भनाई छ।ब्यानरमा सबैका लागि ‘हित गरौं, स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरौं, महामारीको समयमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी समाजका नायक हुन्, प्रशंसाका लायक हुन्’ लगायत  उल्लेख गरिएका छन्।

तपाइँको प्रतिक्रिया ।