लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले गोकर्णमा आइसोलेसन वार्ड संचालन गर्ने

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले गोकर्णमा आइसोलेसन वार्ड संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ, भाद्र ८ ।राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वन भित्र रहेको भवनलाइ  आइसोलेसनको रुपमा प्रयोग गरिने भएको छ । नेपालमा बढ्दो  कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उचित उपचारका लागि लाइन्स क्लबस इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १  नेपालले गोकर्णेश्वर नगरपालिका संगको सहर्कायमा  ५० शैयाका आइसोलेसन वार्ड संचालनमा ल्याउने तयारी गरेको हो ।

उक्त भवनको आइतबार  लायन्स क्लब इन्टरनेसनल जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला,  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का बर्तमान डिस्ट्रिक गभर्नर लायन  टंक बहादुर श्रेष्ठ , पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन लायन अन्नत प्रसाद भेटुवाल सहित  टिम द्वारा स्थलगत रुपमा  उक्त  सामुदायिक भवनको सम्भाव्यता अध्ययन  गरेका हुन् ।टोलीलाई यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले सामुदायिक भवनको बारेमा जानकारी गराएका थिए ।

हाललाई ५० शैयावाट शुरु गर्न लागिएको उक्त आइसोलेसन वार्ड लाई आवश्यकता अनुशार ९० शैया सम्म विस्तार गर्न सकिने जानकारी  लायन्स क्लबका जी एम टि डिस्ट्रिक कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठले जानकारी गराए ।उक्त भवनमा लायन्स क्लबले उपचारमा आवश्यक पर्ने उपकरण सहितको व्यवस्थापन गर्ने एरिया लिडर लायन अच्युत बिष्टले जानकारी गराए ।समाजिक सेवामा सक्रिय रहेको लायन्स क्लबका सदस्यहरु  कोरोना कहरको बिचमा पनि  मानवीय सेवाको कार्यमा  निरन्तर जुटिरहेका  छन  ।

 

 

उक्त कार्यका लागि गोकर्णेश्वर नगरपालिका र  लाइन्स क्लब  इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १  नेपाल बिच समन्वय गराउनका लागि लाइन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका  पास्ट प्रेसिडेन्ट लायन राज कृष्ण श्रेष्ठ र  लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीका प्रेसिडेन्ट तथा जोन चियरपर्सन गङ्गालाल श्रेष्ठले   महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिए संगै आइसोलनको अभाबमा कोरोनाका बिरामीहरु घरमै रहेको बिभिन्न संचारमाध्यममा आएको बताउदै एस्तो जटिल समयमा कोरोना संक्रमितहरुलाई उपचारको लागि सहयोग होस् भनेर लायन्स क्लबले आइसोलेसन निर्माणको लागि पहल गरेको  लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।