निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न वडाबासीलाइ बुढानिलकण्ठ १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईको अनुरोध
कपन अनलाइन
काठमाडौं, भाद्र ७। बुढानीलकण्ठ नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आम वडा बासिलाइ अनुरोध गरेका छन।कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिएका छन् । उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताए ।
उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत वडा बासीलाइ अनुरोध गरेका हुन् । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द गर्न समेत अनुरोध गरेका छन ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नं १२ मा नै पहिलो १८ बर्षिया युवतीमा संक्रमित देखा परेको र उक्त युवतीमा संक्रमण देखा परेपछि सन्त्रास फैलिएको स्मरण गर्दै हाल वडा नं १२ मा थप संक्रमित बढ्दै गएको हुँदा स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै सजग हुनुपर्ने उनले बताए। उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले अनुरोध गरेका छन ।
सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ,” वडा अध्यक्ष भट्टराईले भने।, कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन उनले अनुरोध गरेका छन।
जोखिम बढे संगै अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको पनि उनि बताउछन ।उनले अहिले लापरवाही गर्ने समय नभएको भन्दै सानो भूलले ठूलो समस्या पर्न सक्छ,त्यसैले पहिले आफैं सचेत बन्न र अरुलाई समेत सचेत गराउन उनले अपिल गरेका छन ।