कोरोना प्रभाव न्युनिकरणका लागि बुढानिलकण्ठ -३का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको अपिल

कोरोना प्रभाव न्युनिकरणका लागि बुढानिलकण्ठ -३का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको अपिल

कपन अनलाइन

काठमाडौं, भाद्र ७ । बुढानीलकण्ठ नगरपालिका वडा नं.३का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले  कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि  आम वडा बासिलाइ अनुरोध गरेका छन।कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको  अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं, नागरीक समाज,क्लव,महिला समूह,सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु सकृय भई नलाग्ने हो भने नेपाल सरकार तथा स्थानिय सरकार,जिल्ला प्रशासन कार्यालय,प्रहरी प्रशासन वा अन्य कुनै सम्वद्ध निकायको निर्णय,नीति-निर्देशन,अनुरोध,आव्हान,दण्ड-जरिवाना ले मात्र संभावना नभएको हुँदा बूढानीलकण्ठ नगरपालिका वडा नं.३ भित्र कोरोना भाईरस संक्रमित न्युनिकरणका लागि निम्न कुराहरुको पालना  गर्न  उनले अनुरोध गरेका छन् ।

१) घर भित्रै बसौं,घर मै सुरक्षित रहौं।
२) मर्निङ वाक तथा ईभिनिङ वाकका लागि पनि घर बाहिर ननिस्कौं..कोहि सो बहानामा आवत-जावत गरेको देखेमा आवत-जावत गर्न निषेध गरौं।
३) आफ्नो टोल छिमेकमा अन्यत्र जिल्ला वा विदेशबाट कोहि आएमा तत्काल वडा कार्यालय वा प्रहरी कार्यालयमा खबर गरौं।
४) निषेधाज्ञा अवधी भर अत्यावश्यक तोकिएका पसलहरु तोकिएका समय भित्र मात्र खोलौं।
५) तरकारी,खाद्यान्न तथा फलफूलका पसलहरुमा भिडभाड नगरौं।
६) आफ्नो परिवारलाई चाहिने खाद्यान्न ,तरकारी जस्ता वस्तुहरु केहि दिनलाई पुग्ने गरि ल्याऔं।
७) घर बाहिर निस्कँदा सँधै मास्क लगाऔं।
८) पटक पटक साबुन पानीले हात धोऔं।
९) अनावश्यक रुपमा सवारी साधन नचलाऔं।

उनले अहिले कुनै खेलाँची वा लापरवाही गर्ने समय नभएको भन्दै सानो भूलले ठूलो समस्या पर्न सक्छ,त्यसैले पहिले आफैं सचेत बनौं,अनि अरु लाई सचेत गराउन उनले अपिल गरेका हुन। उनले कोभिड १९को प्रभावलाई न्युनिकरण गर्न वडा नं.३ भित्र रहेका क्लव तथा सामाजिक संघ संस्था एवं सामाजिक अभियन्ताहरु लाई सकृय भूमिका निर्वाह गर्न समेत अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।