कपन प्रहरीलाई सामाजिक जागरण अभियान नेपालको मास्क र स्यानीटाइजर सहयोग

कपन प्रहरीलाई सामाजिक जागरण अभियान नेपालको मास्क र स्यानीटाइजर सहयोग

कपन अनलाइन

काठमाडौं ,भाद्र ५।

सामाजिक जागरण अभियान नेपाल (SAMIN ) ले महानगरीय प्रहरी प्रभाग कपनलाई मास्क र स्यानीटाइजर  प्रदान गरेको छ। उक्त संस्थाले कोरोना विरुद्धको अभियान  अन्तर्गत स्यानिटाइजर १५ लिटर र दुईसय थान मास्क प्रभागका प्रमुख प्रहरी निरीक्षक शेखर जङ्ग मल्ललाई हस्तान्तरण गरेको थियो ।

समाजसेवी तथा एफएनसिएन का विभाग प्रमुख मुकेश मोक्तानले उपलब्ध गराएको उक्त सामाग्री कपन प्रहरीलाई हस्तान्तरण गरिएको जानकारी दिदै संस्थाका सचिव सुबिन चालिसेले  बूढानीलकण्ठ नगरपालिकाको प्रत्येक वडा कार्यालय परिसरमा कोभिड-१९ विरुद्धको सचेतनामूलक ब्यानर राख्नुका साथै आवश्यक स्थानहरूमा मास्क र स्यानिटाईजर वितरण गर्ने योजना रहेको बताएका छन्।

आवश्यक परेको बेलामा आपतकालीन रुपमा रगत उपलब्ध गराउनको लागि रक्तदाता समूह निर्माण गरिएको र नगरपालिकाको सहकार्यमा नगरभित्र आईपर्ने आपतविपतमा सहयोग गर्ने सामाजिक जागरणका अध्यक्ष विनोद भट्टराईले बताएका छन।

बुनपाको हरेक वडा कार्यालय को परिसरमा कोभिड विरुद्धको जागरण ब्यानर हाल्ने कार्य भैरहेको र  आवस्यक ठाउमा माक्स तथा स्यानिटाइजर बितरण गर्ने काम भैरहेको बताउदै अध्यक्ष भट्टराईले    आवस्यकता अनुसार  रक्तदाता उपलब्ध गराउन  SAMIN BLOOD donors टिम बनाएको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।