टोखा नगरपालिका वडा नं. ५ मा १७ सदस्यीय स्वयंसेवक समिति गठन

टोखा नगरपालिका वडा नं. ५ मा १७ सदस्यीय स्वयंसेवक समिति गठन

कपन अनलाइन

काठमाडौं ,भाद्र ५ /शोभा तामांग

टोखा नगरपालिका वडा नं. ५ मा बढ्दो कोरोना संक्रमितलाई ध्यानमा राखी रोकथामका लागि स्वयंसेवक  खटाउने भएको छ । वडा कार्यालयले आज १७ सदस्यीय कमिटि गठन गरिएको  छ ।

१७ सदस्यीय स्वयंसेवक समितिका संयोजकमा मदन गुरुङ, सह–संयोजक प्रेम कुमार सुनुवार लगायत छन्। सो स्वयंसेवक  समितिले भोलिबाट नै कार्य सुरु गर्ने तयारी गरेको छ।स्वयंसेवक समितिले स्थानीय प्रहरीसँग सहकार्य गरि कार्य गर्नेछ भने  तै आफ्नो क्षेत्रमा कोरोना संक्रमितको मुत्यु भएमा त्यसको व्यवस्थापनका लागि सुरक्षा सामाग्री प्रयोग गरेर लास व्यवस्थापन गर्न सहयोग गर्नेछ ।

त्यस्तै  कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने तथा  बिरामी भएकाहरुलाईअस्पताल लैजान मद्दत गर्ने कार्य पनि सो समितिका स्वयंसेवकले गर्नेछन । टोखा नगरपालिका भरिमा पनि हिजोसम्म ७७ जनामा कोरोना भेटिएको छ भने टोखा ५ मा अहिलेसम्म ६ जनाको पोजेटिभ देखिएको छ।

(शोभा तामांग सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।