पवित्रा कार्कीलाई  एसिड प्रहार गर्नेलाई २ वर्ष कैद सजाय

पवित्रा कार्कीलाई  एसिड प्रहार गर्नेलाई २ वर्ष कैद सजाय

कपन अनलाइन

काठमाडौं ,भाद्र ५।

काठमाडौँको सीतापाइलामा पवित्रा कार्कीलाई  एसिड प्रहार गर्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले एसिड प्रहारमा परेकी कार्कीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ ।
थुनछेक बहसमा पीडित कार्कीको तर्फबाट १ सय जना कानुन ब्यवसायीले वकालतनामा पेश गरे पनि राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौला लगायत १० जनाले बहस गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।