रास्ट्रकवी माधवप्रसाद घिमिरेको निधन
कपन अनलाइन
काठमाडौं ,भाद्र २।
रास्ट्रकवी माधव घिमिरेको निधन भएको छ।मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको हो। शताव्दी भन्दा बढी उमेर सम्म निरन्तर साहित्यिक सृजनामा सक्रिय घिमिरे जन्म वि.सं. १९७६ असोज ७ गते लमजुंगको पुस्तुन गाउँमा भएको थियो ।
११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरेर भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।
उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए।
तपाइँको प्रतिक्रिया ।