गोकर्णेश्वर नगरपालिकामा खाध्यान्न र औषधी बाहेक सम्पूर्ण व्यवसाय संचालनमा रोक

गोकर्णेश्वर नगरपालिकामा खाध्यान्न र औषधी बाहेक सम्पूर्ण व्यवसाय संचालनमा रोक

कपन अनलाइन

काठमाडौं ,भाद्र २ ।गोकर्णेश्वर नगरपालिकाले अर्को सुचना  प्रकाशन नभए सम्मको लागि नगर क्षेत्र भित्र  खाध्यान्न र औषधी बाहेक सम्पूर्ण पसल-ब्यबसाय  बन्द गर्ने  निर्णय गरेको सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ  ।

नगर प्रमुख सन्तोष चालिसे द्वारा जारी गरेको उक्त सुचनामा कोरोना भाइरसको महामारीलाइ मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको मिति २०७७ भाद्र १ गते बसेको बैठक द्वारा अर्को सुचना प्रकाशित नभए सम्मको लागि नगरपालिका क्षेत्र भित्र खाद्यान्न तथा औषधिजन्य बाहेकका अन्य पसल तथा व्यवसायहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको हुँदा सोहि अनुसार गर्नु गराउन अनुरोध गरिएको छ ।

१) रेस्टुरेन्ट एण्ड वार,होटल खाजा घर, क्याफे चिया पसल, पार्टी प्यालेस मिष्ठान्न भण्डार,आदि ।

२) सैलुन, ब्युटी पार्लर, जिम हल,गेम पार्लर,आदि ।

३ ) फेन्सी पसल, कपडा पसल, गार्मेन्टस, सपिंगमल डिपार्टमेन्ट स्टोर, आदि।

४)इलेक्ट्रोनिक्स,इलेक्ट्रिकल, मेसेनरी पार्टपुर्जा पसल आदि।

५) खाद्यान्न तथा औषधीजन्य बाहेकका अन्य ब्यापार तथा व्यवसायहरु संचालनमा रोक लगाइएको उक्त सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।