अखिल नेपाल निर्माण मजदुर संघको कोभिड -१९ सम्बन्धि सचेतना

अखिल नेपाल निर्माण मजदुर संघको कोभिड -१९ सम्बन्धि सचेतना

कपन अनलाइन

काठमाडौं ,भाद्र २/शोभा तामांग

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई ध्यानमा राखी अखिल नेपाल निर्माण मजदुर संघद्वारा आयोजित कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि जनचेतना कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा स्वास्थ सामग्रीहरु मास्क र सेनिटाइजर बितरण गरिएको थियो ।

काठमाडौंको लाजिम्पाटस्थित होटेल र्‍याडिसन परिसरमा सिइ कन्सट्रक्सन प्रा.लि. द्वारा निर्माणधिन कार्यस्थलमा आयोजना गरिएको जनचेतना कार्यक्रममा राष्ट्रिय अध्यक्ष अमित लामा, उपाध्यक्ष कमल न्यौपाने, नरहरी अर्याल, उपमहासचिव राजेन्द्र रुम्बा, केन्द्रिय सदस्य कमलमान श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्ष मेशमान तामाङ सचीव चन्द्र ज्याक्सन श्रेष्ठ र ललितपुर जिल्ला सचीव महेन्द्र घर्ती मगरको उपस्थिति रहेको  थियो ।

कार्यक्रममा उपमहासचिव राजेन्द्र रुम्बाले मास्क प्रयोग बिधि र सेनिटाइजर प्रयोग सम्बन्धि तथा जनचेतनामुलक मन्तव्य दिएका थिए  ।(शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी  प्रशिक्षार्थी पत्रकार हुन् ।

तपाइँको प्रतिक्रिया ।