कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिए पछि शंखरापुर नगरकार्यपालिकाको कार्यालय शील

कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिए पछि शंखरापुर नगरकार्यपालिकाको कार्यालय शील

कपन अनलाइन

काठमाडौं, भाद्र १ ।शंखरापुर नगरपालिकाका एक जना कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण देखिए पछि शंखरापुर नगरपालिका नगर कार्यपालिकाको  कार्यालय सिल गरिएको छ।नगरपालिकामा आइतबार  बसेको  भाइरस संक्रमण नियन्त्रण निर्देशक तथा समन्वय समितिको बैठकले शंखरापुर नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको सार्वजनिक सुचना  मार्फत जानकारी  गराएको हो  ।

उक्त सुचनामा  शंखरापुर नगरपालिकाका बिभिन्न वडाहरुका केहि ब्यक्तिहरु लगायत कर्मचारी एक जना समेतलाइ कोरोना भाइरस कोभिड १९ को पिसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हुँदा त्यस बाट जन स्वास्थ्यमा पर्न सक्ने थप नकारात्मक असरलाइ ध्यानमा राखी कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्त्रक  निर्देशक  तथा समन्वय समितिको बैठकले भाद्र १ गते देखि लागु हुने गरि एक हप्ताको लागि नगरपालिका नगरकार्यपालिकाको कार्यलय पूर्ण रुपमा शील गरिएको जानकारी गराएको हो  ।

फोटो : प्रेम प्रकाश

तपाइँको प्रतिक्रिया ।