बुढानिलकण्ठ -११ का दुई सहित ५ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,भाद्र १। साउन ३२ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का दुइ जना सहित ५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। साउन ३२ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का १८ वर्षीय महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं ५ का २८ वर्षीय पुरुष ,वडा नं ८ का ६५ वर्षीय पुरुष र वडा नं १० का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।बुढानिलकण्ठ नगरपालिकामा कुल कोरोना संक्रमितक शंख्या ७९ पुगेको छ ।
तपाइँको प्रतिक्रिया ।