शंखरापुर नगरपालिकामा कोरोना जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठको अनुरोध
कपन अनलाइन
काठमाडौँ, भाद्र १ । शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले विश्व ब्यापी महामारीको रुपमा फालिएको कोरोना भाइरस कोभिड १९ संक्रमण हाल शंखरापुर नगरपालिकाको केहि स्थानमा देखिएकोले सम्पूर्ण नगर बासीहरुलाई स्वास्थ्य सम्बन्धि मापदण्डहरु अपनाई सुरक्षित रहन अनुरोध गरेका छन् । उनले २०७७ साल श्रावण ३२ गते नगरपालिकाको कोरोना भाइरस संक्रमण नियन्त्रण निर्देशक तथा समन्वय समितिको बैठकले निम्न निर्णय गरेको हुँदा आ- आफ्नो ठाउमा सचेत रहेई निर्देशनको पालना गर्न समेत अनुरोध गरेका छन् ।
१) सभा समारोह, धार्मिक कार्यक्रम महिलाहरुको महान चाड तीजमा पनि मठ मन्दिर जाने भेला भई नाच गान नगर्न।
२) अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सार्वजनिक यातायातका साधनहरु, सहकारीहरु स्थानीय संघ संस्थाहरु मिति २०७७ साल भाद्र १ गते देखि ७ गते सम्मका लागि बन्द गर्न।
३) नगरपालिका भित्रका अत्यावश्यक सेवाहरु ( खाद्य पसल, दुग्ध व्यवसाय, ग्यास पसल, तरकारी पसल बिहान ६:३० बजे द्केही ९:३० बजे सम्म मात्र ) खोल्ने बाहेक अन्य होटल, रेस्टुरेन्ट भट्टी, चिया पसल ब्युटी पार्लर, सैलुन, मासु पसल आदि १५ दिनका लागि पूर्ण रुपमा बन्द गर्न अनुरोध गरिएको बताए।
४) शंकास्पद ब्यक्तिहरुको पी सी आए परिक्षण पश्चात पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई रिपोर्ट न आए सम्म अनिवार्य होम सेल्फ क्वारेन्टाइनमा बसिदिन अनुरोध गरेका छन।
५) अन्यत्र बाट नगरपालिका क्षेत्र भित्र प्रवेश गर्दा कोभिड-१९ को पिसीआर परिक्षण नेगेटिभ भएको रिपोर्ट लिएर मात्र प्रवेश आज्ञा दिने व्यवस्था मिलाउन ।
६ ) असलबानीको पालना मासक लगाउने, हात धुने वा स्यानीटाईजर को प्रयोग ,कम्तिमा २ मिटर दुरी कायम गरि कोभिड १९ बाट सुरक्षित हुन।
७ कोरोना संक्रमित ब्यक्तिहरुलाई सामाजिक संजाल कायम गर्नु हुन अनुरोध गरिएको छ ।
फोटो :प्रेम प्रकाश