फुङ्लिङ नगरपालिकामा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी

फुङ्लिङ नगरपालिकामा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी

कपन अनलाइन

काठमाडौं ,साउन ३१/अमृता नेपाली

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारि थालिएको छ।सदरमुकाम अबस्थित फुङ्लिङ नगरपालिकाका उपभोक्तालाइ स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाका साथ प्रशोधन केन्द्र परियोजना निर्माणको तयारी थालिएको हो। हाल ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत फुङ्लिङ बजारसहित नगरपालिकाका विभिन्न वडामा खानेपानी प्रदान गर्दै आएको छ।

समितिले उपभोक्ता को घर- घर सम्म पाइप तथा धारा जडान गरि खानेपानी उपलब्ध गराउदै आए पनि बर्खा सिजनमा पानी धमिलो र मैलो हुने भएकोले स्वच्छ पानीकोलागी प्रशोधन केन्द्र निर्माण योजना अधि बढाइएको हो। उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउने गरि दैनिक १६ लाख लिटर पानी प्रशोधन गर्ने गरि केन्द्र निर्माण परियोजना सुरु गर्न लागिएको ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव रणबहादुर कार्कीले जानकारी दिए।

फुङ्लिङ नगरपालिका ४ र ७ मा पर्ने तोक्मेडाडा नर्सरी क्षेत्रमा उच्च प्रबिधीयुक्त प्रशोधन केन्द्र निर्माण योजना अगि बढाएको समितिका अध्यक्ष कमल गुरागाइले बताउनु भयो। प्रशोधन केन्द्र परियोजना विषयलाई लिएर शुक्रबार उपभोक्ता समितिले आयोजना गरेकोअन्तर्कृयामा सबै पक्ष क्षेत्रसङ समन्वय गरेर केन्द्र निर्माण को प्रकृया सुरु गर्न सहभागीले सुझाव दिएका छ्न।

प्रशोधन केन्द्रका लागि पर्याप्त जग्गा चाहिने हुदा सो उपलब्ध हुनलाई सजिलो नहुने सरोकारवालाहरुले बताएका थिए। निजि जग्गा भए जग्गा धनी सङ र सार्वजनिक भए सामुदायिक तथा डिभिजन बन कार्यालय लगायतका निकाय सङ समन्वय गर्नु पर्ने सरोकारवालाले सुझाव दिएका छ्न।

कार्यक्रममा नेकपा का पुर्ब सांसद  तिलकुमार मेन्याङ्बो, प्रदेश १ नेकपा सं।सद बलबहादुर साम्सोहाङ जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्रा मादेन फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपती प्याकुरेल सहित स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागीता रहेको थियोे ।

(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।