काठमाडौं महानगरपालिका वडा नं १५ मा निर्माणाधीन क्रसिंग बृजको मध्य भाग जोडियो
कपन अनलाइन
काठमाडौं ,साउन ३१।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं-१५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको मध्य भाग जोडिने कार्य प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो।
उक्त कार्यक्रममा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितीका अध्यक्ष अमृत रत्न डंगाेल, सचिब राकेश मान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।
बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आ.व २०७६/७७ बाट बिनियोजित रकम रु.५१,५२,३९४.२७/- र उपभोक्ता मार्फत रु.२,५७,६१९.७१/- योगदान भएको छ। यस बृजको कुल लागत इष्टिमेट ८०१०८०२/११ भएकोमा यो आ व २०७६/७७ मा बिनियोजित रकम मा नपुग रकम क्रमागत योजनामा आ व २०७७ /७८ को बजेट बाट बिनियोजन गरी पुरा गर्नेछ।
तपाइँको प्रतिक्रिया ।