टोखा नगरपालिका वडा नं. ६ मा पहिरो रोक्न पाल
कपन अनलाइन
काठमाडौं ,साउन ३० /निश्चल चौलागाँई
काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ , हरिहर मन्दिरको उत्तर पट्टिको सार्वजनिक जग्गामा रहेको पर्खाल साउन ५ गतेको अविरल वर्षाको कारणले ६ इन्च सरि जमिन झन्नै १ फीट भासिएको छ।पर्खाल लडेमा पहिरो गई घरनै लड्ने ठूलो जोखिम रहेकोले उक्त स्थानमा पाल राखेर जोखिम घटाउने प्रयास गरिएको छ ।
त्यहाँका स्थानीय बासिन्दा वडा कार्यालय जाँदा वडासँग बजेट नभएको भन्दै वडा अध्यक्ष महेश्वर के.सीले सिफारिस बनाई नगरपालिका जान अनुरोध गरेका थिए।
आपतकालीन समस्या देखिए पछी नगरपालिकाले भने इन्जिनियर पठाई अवलोकन त गर्यो तर नगरपालिकासँग नि बजेट कम भएको भन्दै तत्कालका लागि पालले जमिन छोपि आकाशको पानीलाई नियन्त्रण गर्ने सुझाव इंजिनियर सन्तोष पौडेलले दिएको स्थानीयहरुले बताएका छन ।
झन्डै १ महिना हुनलागदा पनि त्यहाँको गारो मर्मतको लागि केही पहल नहुँदा पाल समेत स्थानीय बासिन्दाले नै किनेर हालेको बताउदै स्थानीयहरुले सार्वजनिक जग्गाको संरक्षण गर्न नगरपालिकाले द्रुत पहल नगरेकाले घर जग्गा जोखिम परेकोमा दुख व्यक्त गरेका छन। अहिले सम्म त पालले पहिरो थामे पनि त्यहा निकै जोखिमको अवस्था रहेको उनीहरुको भनाइ रहेको छ ।
(निश्चल चौलागाँई सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )