बुढानिलकण्ठ -२ वासिकु हाइट-जय भद्रकाली तौलुङ बाटो विस्तार तथा निर्माण शुरु

बुढानिलकण्ठ -२ वासिकु हाइट-जय भद्रकाली तौलुङ  बाटो विस्तार तथा निर्माण शुरु

कपन अनलाइन

काठमाडौं ,साउन ३० । निशा बराल / शिरिष पौडेल

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई , बागमति प्रदेश साभाका सदस्य माननीय कुसुम कुमार कार्कि र बुढानिलकण्ठ नगरपालिकाको  संयुक्त पहलमा वासिकु  हाइट देखि जय भद्रकाली स्कुल तौलुङ जाने १२ फिटको कच्चि बाटो ६ मिटर पक्कि बाटोमा परिणत हुने भएको छ ।

गत आर्थिक बर्षमा यो बाटोको लागी ५० लाख बिनियोजन भएकोमा करिब ३० लाख को मात्र काम सम्पन्न भएको कोभिड १९ का कारणले बाँकि काम पुरा नभएकाले हाल आएर काम थालनी गरिएको हो ।

उक्त कच्चि बाटोमा ढल र ग्राबेलको को काम भइसकेकोले अहिले बाटोको ६ मिटर रेखाङ्कनको काम भइरहेको छ । रेखाङ्कन पश्चात त्यस ठाँउमा बाँकि रहेको २० लाखले दुबै साइडमा पर्खाल निर्माण गरिने र बागमति प्रदेश सरकारको ७५ लाखको लगानीमा ढलान गरि बाटोको काम सम्पन्न गरिने कुरा वडा नं २ का वडा सदस्य राजेन्द्र श्रेष्ठले बताएका छन ।

स्थानियको सहयोगले नै स्थानिय बिकास सफल हुने र स्थानियको सहयोग र सहकार्यको अभावमा पुरै विकाशको काममा नै अबरोध आउने हुनाले सहयोग र सहकार्य स्थानिय विकासको प्रमुख तत्व रहेको उनको भनाई रहेको छ ।

(निशा बराल / शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।