उपत्यका प्रवेश गर्ने शंखरापुर नगरपालिकाका नाका निरीक्षणमा नगरप्रमुख सुवर्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौँ,श्रावण ३०। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रे जिल्ला जोडिएका शंखरापुर नगरपालिकाका नाकाहरूमा समेत कडाइ गरिएको शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए । काठमाडौं उपत्यका सँगै शंखरापुर नगरपालिमा समेत बढिरहेको कोरोना भाइरस संक्रमितको संख्यालाइ मध्य नजर गर्दै काठमाडौंबाट शंखरापुर भएर सिन्धपाल्चोक र काभ्रे जिल्ला जाने अति आवश्यक सवारी साधन बाहेक अरूलाइ पुर्ण रूपमा निषेध गरिएको जानकारी गराए ।
बिहिबार सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको भोटेचौर र शंखरापुर नगरपालिकाको सिमानामा थप चेक पोस्ट स्थापना गरिए संगै सो चेकपोष्टको शंखरापुर नगरपालिकाका नगर प्रमुख शुवर्ण श्रेष्ठ र महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गोबिन्द पन्थी सहितको टोलि द्वारा निरिक्षण समेत गरेका छन ।
साहयक प्रहरी नायब निरिक्षक ( असइ)को नेतृत्वमा उक्त चेक पोष्टमा ८ जना प्रहरीको टोलि खटाएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गोबिन्द पन्थीले जानकारी गराएका छन् । अत्यावश्यक सेवा अन्तरगतका सवारी साधन र खाद्यान्न ढुवानीका साधन बाहेक अन्य सवारीहरू पुर्ण रूपमा रोकिने जानकारी दिदै । एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश नगराउने सरकारको निर्देशन बमोजिम अन्तर जिल्ला जोडिएका नाकाहरूमा कडाइ गरेको उनले बताए ।
फोटो : प्रेम प्रकाश प्रजापति