बुढानिलकण्ठ -५ डाँडागाउँमा पूर्वाधार विकास सम्बन्धि अन्तरक्रिया सम्पन्न
कपन अनलाइन
काठमाडौं ,साउन ३०। प्रनेल महर्जन /आरजु खड्का / कञ्चन खड्का
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ डाँडा गाउँमा पूर्वाधार विकास तथा सो क्षेत्रको आर्थिक गतिविधि अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरकृया कार्यक्रममा स्थानीय सर्वसाधारण , बुद्धिजीवी , समाजसेवी , संघ संस्था , व्यापारी तथा राजनीतिज्ञकाे उपस्थिति रहेको थियाे ।
उक्त अन्तरक्रियामा बाग्मती प्रदेश सभा सदस्य दीपक निरौलाले पुर्बाधार बिकास तर्फ डाडागाउँ जाने बाटाेबाट सर्बसाधरणलाई हिडडुल गर्न असहज महसुस भएको आफुले बुझेको बताउदै निकुञ्ज तथा स्टाफ कलेज हुँदै डाडागाउँकाे यात्रा कठिन भएकोले अर्काे बैकल्पिक बाटाे प्रयोग गरेर डाडागाउँ सम्म पुग्न मिलेसम्म यसै आव बाट बाटाेकाे DPR तयार पार्ने याेजना रहेको जानकारी गराएका थिए।
त्यसै गरि निरौलाले आर्थिक बिकासको लागि डाडागाउँमा सामुहिक कृषि योजना, ले हाेम स्टे , भ्यु टावर , धर्म तथा सांस्कृतिक सम्पदाको सरक्षण गरेर आन्तरिक तथा वाहिरी पर्यटकलाई आकर्षित गर्न सकिने बताएका थिए ।
त्यस्तै नेकपा पार्टी कमिटी वडा नं ५ का सचिव नारायण दुलालले प्राबिधिक शिक्षा नितिले आत्मनिर्भर हुने शिक्षा दिने र स्थानीयहरुलाई चाहिने आवश्यक काम गर्दै आर्थिक बिकासमा सेवा पुर्याउन डाडागाउँलाई मौलिक र सांस्कृतिक क्षेत्र बनाउने अभियानमा सबै मिलेर लाग्नु पर्ने बताएका थिए।
त्यस्तै डाडागाउँका स्थानीयबासि समाजसेवी दाेर्जे तामाङले प्राबिधिक शिक्षा नीति सरकारले सकेसम्म छिटाे ल्याएर प्राबिधिक ज्ञान दिलाउदै आत्मनिर्भरतामा जाेड दिने धारणा राखेका थिए।
(प्रनेल महर्जन /आरजु खड्का / कञ्चन खड्का सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )