कागेश्वरी मनोहरा नगरपालिकामा बिना मास्क घर बाट निस्कनेलाइ जरिवाना गरिनेछ : नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौँ श्रावण ३०। कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले २०७७ बैशाख १ गते देखी श्राबण २९ गते सम्म नगरपालिका वाट RDT/PCR गरी ३००० माथी गरेकोमा आज सम्म २९ जनाको PCR पोजेटिभ देखा परेको जानकारी गराएका छन । नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय अनुसार मिति २०७७ श्राबण ७ गते पुर्ण लकडाउन खुल्ला गरे पश्चात नगरपालिका मा मात्र १९ जनामा PCR पोजेटिभ देखीएको जस मध्ये बिहिबार वडा नं. ९ मा २ जनामा कोरोना संक्रमण देखीएको पनि जानकारी गराए ।
कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ श्राबण २६ गतेको निर्णय अनुसार COVID 19 रोकथामको को लागी अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको सुचना नगरबासीहरूमा सम्प्रेषण गरिएको अवगत गराउदै उनले २०७७ भाद्र १५ गते सम्म यस नगरपालिका र नगरका सबै वडा कार्यालय बाट अत्यावश्यक बाहेक अन्य सेबा बन्द गरिएको पनि जानकारी गराए ।
नगरपालिकामा बिशेष काम बाहेक सबै किसिमको भेटघाट बन्द गरिएको हुँदा कुनै पनि समस्या अथबा कुनै काम परेमा जनप्रतिनिधिहरू लाई मोबाईलमा सम्पर्क गर्न अनुरोध गर्दै अत्यावश्यक काम परेमा आफुलाई समेत मोबाईल नं. ९८५१०२७१२१ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । उनले यस बिषम परिस्थितिमा कोभीड १९ बाट आफु बाचौ र अरूलाई पनि बचाऔ भन्ने नारालाई सार्थक पार्न बिना मास्क घर बाट निस्कने जो कोहिलाई महानगरीय प्रहरी र यस नगरपालिकाका नगरप्रहरी बाट रू. १०/- (दश) जरिबाना गराई मास्क उपलब्ध गराउने र अनिवार्य मास्क लगाउन प्रोत्साहन गराउने समेत जानकारी गराएका छन ।