कागेश्वरी मनहरा नगरपालिका ७ वीरेन्द्रचोकमा १५ वर्षीया किशोरी बलात्कृत

कागेश्वरी मनहरा नगरपालिका ७ वीरेन्द्रचोकमा १५ वर्षीया किशोरी बलात्कृत

कपन अनलाइन

काठमाडौँ, श्रावण २९ । कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान  स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई पक्राउ गरेको छ ।

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए । पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

 

तपाइँको प्रतिक्रिया ।