काठमाडौं महानगरपालिका वडा नं ६ मा अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द

काठमाडौं महानगरपालिका वडा नं ६ मा अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द

कपन अनलाइन

काठमाडौं श्रावण २९। काठमाडौँ  महानगरपालिका वडा नं ६ बौद्दमा  अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द गरिएको वडा  अध्यक्ष दिपेन्द्र लामाले जानकारी  गराए  । विश्व ब्यापी महामारीको रुपमा  फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमण काठमाडौं उपत्यका लगायत  ६ नं  वडा क्षेत्रमा बढिरहेको  हुँदा उक्त संक्रमण बाट बच्न  वडा कार्यलयको सेवा प्रवाह संग जोडिने सम्पूर्ण महानुभावहरुको स्वास्थ्य जोखिमलाइ मध्यनजर गर्दै  वडा कार्यलयबाट  प्रवाह  भैरहेको अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु २०७७ भाद्र १०  गते सम्मका लागि राजस्व लिने कार्य, सिफारिस  /प्रमाणित  गर्ने कार्य सम्बन्धि  सेवा बन्द गरिएको जानकारी गराए।

 साथै उनले घरमै सुरक्षित बस्न  अनुरोध गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरण गने काम सामाजिक दुरी कायम गर्दै सुरक्षात्मक उपाय अपनाई  नियमित भईरहेको पनि जानकारी गराए । उनले दिउसो ३ बजे पश्चात कार्यलय बन्द हुने  पनि जानकारी गराउदै  सो बाट सेवा ग्राहीहरुमा पर्न गएको असहजता प्रति वडा क्षमाप्रार्थी रहेको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।