जगडोलको कृष्ण रथारोहण जात्रा मन्दिर परिसरमा मात्र घुमाएर मनाईने

जगडोलको कृष्ण रथारोहण जात्रा मन्दिर परिसरमा मात्र घुमाएर मनाईने

कपन अनलाइन

काठमाडौँ, श्रावण २७  आज कृष्ण जन्माष्टमी, हिन्दु धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाइरहेका छन् । भगवान विष्णुको आठौँ अवतारका रुपमा द्वापर युगमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास गरिन्छ ।ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको जन्म हिन्दु धर्मशास्त्र अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो । मध्यरातमा जन्मिएका कारण भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । बासुदेव र देवकीका आठौ सन्तानको रुपमा श्रीकृष्णको जन्म मथुरामा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट संसारलाई मुक्त गराउन द्वापरयुगमा भगवान विष्णुले कृष्णको रुपमा जन्म लिएको धर्मशास्त्रमा उल्लेख छ ।

श्रद्धालुहरुले आज व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धा भक्तिपूर्वक मनाउँछन् । श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि छ । तर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर मंगलबार भक्तजनहरुका लागि बन्द हुने भएको छ । कोभिड–१९ महामारी व्यापक फैलिएका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 त्यस्तै  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ , १३ र गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सिमाना जगडोलमा रहेको कृष्ण मन्दिरमा  कृष्ण जन्मअष्टमि र त्यसको भोलि पल्ट हुने रथ जात्रालाइ  सिमित रुपमा मात्र मनाइने  चामुण्डा सांस्कृतिक मञ्चले आह्वान गरेको समाज भेलाले निर्णय गरेको छ । साथै उक्त भेलाले निम्न निर्णय गरेको छ ।

१. कोरोना महामारीलाई मध्यनजर गरि नियमित हुँदै आएको रथारोहण जात्रा मन्दिर परिसरमा मात्र घुमाएर मनाईनेछ ।
२. जन्माष्टमीको दिन सामाजिक दुरि कायम गरि पुजा गर्ने ब्यबस्था मिलाइनेछ सो को लागि स्वयमसेवक खटाइनेछ ।
३. पुजामा आउने सबै भक्तजनलाई मास्क अनिवार्य गरिनेछ साथै सेनिटाइजरको ब्यबस्था गरिनेछ ।
४. भजन जमघट लगायतका सामुहिक गतिविधि गरिने छैन ।
५. जन्माष्टमीको दिन साझमा बत्ती जगाउने आउने भक्तजनको लागि संक्रमण सुरक्षाको तरिका अपनाई तयार पारिएको प्रसाद बितरण गरिने छ ।
६. मन्दिरको सरसफाई तथा साजसज्जाको सामाग्रीहरु जुटाई मन्दिर क्षेत्र सिगारिने छ ।
७. यस वर्ष बाजागाजा र रथारोहण कार्यक्रम नहुने भएता पनि नियमित पुजा ब्यबस्थापन र साजसज्जाको लागि करिब रु २५०००/- लाग्ने अनुमान गरिएको छ । सो रकम संकलनको लागि स्थानिय ब्यक्ती तथा संस्थाहरु सँग आव्हान गरिने भएको छ ।
८. अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गरि यस वर्ष रथारोहण स्थगित गरिएकोमा क्षमा याचना गर्दै सबै श्राद्दालु भक्तजनलाई सतर्कता पुर्बक मन्दिरमा नै उपस्थित भएर पुजा आरधना गर्न अनुरोध गर्ने ।

तपाइँको प्रतिक्रिया ।