टोखा नगरपालिका वडा नं ५ मा एक जनामा कोरोना संक्रमण पुस्टि

टोखा नगरपालिका वडा नं ५ मा एक जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,साउन २६/शोभा तामांग

टोखा नगरपालिका वडा नम्बर ५ की ४४ वर्षीय  महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनि टोखा ५ को वासिन्दा हुन भने उनलाइ उपचारको लागि सशस्त्र प्रहरीको दहचोक स्थित उपचार केन्द्र लगिएको छ ।

कोरोना संक्रमित देखिए संगै  भोलि देखि कन्टयाक ट्रेसिङ सुरु गरिने जानकारी दिदै  वडा अध्यक्ष  जगन्नाथ ढकाल ले  अत्यावश्यक काममा वाहेक अन्य समयमा अनावश्यक घुमफिर नगर्न र जथाभावी नजान अनुरोध गरेका छन।

(शोभा तामांग सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।