शंखरापुर नगरपालिकाले किसानहरुले लगाएको बालीको नि:शुल्क बीमा गराउने
कपन अनलाइन
काठमाडौँ,श्रावण २६। शंखरापुर नगरपालिकाले नगरपालिका भित्रका किसानहरुले लगाएको बालीको नि:शुल्क बीमा गराउने भएको छ। बिमा कार्यक्रम अघि बढाउन आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड र नगरपालिका बीच सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ र आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधि योगेन्द्र पौडेलले केही दिन अगाडि हस्ताक्षर गरेका थिए।
संघीय सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत नगरपालिकाले बेहोर्ने गरि बीमा गराउन लागेको शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए । कृषिलाई प्राथमिकता दिने क्रममा किसानहरुलाइ हौसला दिन उक्त बीमा कार्यक्रम संचालन गर्न लागेको उनले बताए ।
उक्त कार्यक्रम संचालन गर्न आ.ब.२०७७/७८ मा कृषि शाखा मार्फत रु ४ लाख बजेत छुट्टयाएको बताउदै करिब ५ सय किसानलाई नि :शुल्क बीमा गराउने लक्ष्य रहेको र ४ जना किसानको २२ मौरी घारको नि:शुल्क बीमा शुरु गरिएको उनले बताए ।
फोटो : शंखरापुर नगरपालिका