कोरोना संक्रमणको उच्च जोखिममा बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाडौं ,साउन २६।
बुढानिलकण्ठ नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ।हाल सम्म ४५ जनामा कोरोना संक्रमण देखिएको यस नगरपालिकामा ३४ जना आइसोलेसनमा रहेका छन।
दैनिक रुपमा कोरोना संक्रमण बढे पछी नगरपालिकाले नियमित प्रदान गर्दै आएका विभिन्न सेवाहरु बन्द गरेर अत्यावस्यक सेवा मात्र संचालन गर्दै आएको छ भने PCR परिक्षणलाई पनि द्रुत गतिमा अगाडी बढाएको छ।
पछिल्लो समय लकडाउन हटे संगै विभिन्न जिल्ला बाट नगरपालिकामा आएका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढेको र यो विस्तारै समुदायमा जाने खतरा बढेकाले यस तर्फ नगरपालिकाले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ।
कतिपय स्थानमा बाहिर जिल्ला बाट नगरपालिकामा आएका व्यक्तिहरुको जानकारी घरधनीहरुले लुकाउने , जोखिम समुहमा रहेकाहरुले परिक्षण गर्न आनाकानी गर्ने तथा पूर्ण लापरवाह भएर हिडडुल गर्ने प्रवृतिका कारण बुढानिलकण्ठ नगरपालिकामा संक्रमण दर बढ्दै गएको देखिन्छ।
बुढानिलकण्ठ नगरपालिकामा बढेको जोखिम न्यूनीकरणका लागि सबै नगरवासीले सतर्क र सजग बन्दै प्रकोप नियन्त्रणमा लाग्नु पर्ने बताउदै नेकपा बागमती प्रदेसका सचिवालय सदस्य तथा नगरपालिकाका जनसम्पर्क सल्लाहकार सुन्दर पुर्कुटीले कोभिड -१९ र बाढी पहिरोमा सचेत रहन सम्पूर्ण देशवासीमा आग्रह गरेका छन।
त्यस्तै नगरपालिकाले प्रत्येक घरघरमा स्वयंसेवक बनाउने अभियान संचालन गर्दै सुचना लिन सके यसलाई केहि हदसम्म रोक्न सकिने स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले बताएका छन।वडा कार्यालयमा डेस्क स्थापना गरेर हरेक घरमा एकजना स्वयंसेवक तयार गरेर बाहिर बाट आउने व्यक्तिहरुको विवरण लिन सकेमा संक्रमण धेरै जनामा फैलिने खतरा कम हुने दाहालको भनाई रहेको छ।
बुढानिलकण्ठ नगरपालिकामा दुई वटा स्थायी क्वारेन्टाइन लगभग तयार रहेकोले ति स्थानलाई पूर्ण प्रयोग गर्दै संकास्पद रहेका व्यक्तिहरुको व्यवस्थापन गर्नुपर्ने देखिन्छ भने सवारी पास अनुमति प्रदान गर्दा पनि गहिरो अध्ययन र आवास्यक सुरक्षा जानकारी लिनुपर्ने देखिन्छ।नगरपालिकाले सुचना जारी गरेर अनुमतिका वारेमा कडा नियम बनाए पनि त्यो सुचनामा मात्र सिमित रहेको र विभिन्न बहानामा त्यसको उल्लंघन भैरहेको तर्फ नगरपालिकाले धयान दिनुपर्ने देखिन्छ।
त्यस्तै नगरवासीलाई आपतकालीन सेवा उपलव्ध गराउनका हेल्प डेस्कलाई प्रभावकारी बनाउदै २४ घन्टे सेवा संचालन गर्नुपर्ने देखिन्छ भने नगरवासीले पनि निकै संवेदनशील भएर नगरको अभियानमा साथ दिनुपर्ने देखिन्छ।