नेपाली कांग्रेस चम्पादेवी -९ का सचिव सहित दुई दर्जन नेकपामा प्रवेस
कपन अनलाइन
काठमाडौं ,साउन २४।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ९ मा नेपाली कांग्रेसका इकाई सचिव सहित २३ जना नेकपामा प्रवेस गरेका छन।
चम्पादेवी गाउँपलिका वडा नं ९ मिश्र भन्ज्यांगमा आयोजना गरिएको पार्टी प्रवेस कार्यक्रममा उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस वडा कार्यसमितिका सचीव देव कुमार श्रेष्ठको नेतृत्वमा टोप बहादुर दुराल, राजकुमार दुराल, नीरा दुराल, टेक ब दुराल, भिम बहादुर दुराल, गोरख बहादुर मगर, मोति बहादुर बिक, मैयाँ बिक, डिएन श्रेष्ठ ,ङिमा शेर्पा ,दमाई शेर्पा , प्रेमनोरि शेर्पा ,पेम्बा शेर्पा , दुर्ग बहादुर कार्की , सपना दुराल, कर्ण ब बिक, हर्क ब मगर, तेन्जी शेर्पा ,पेमाडोमा शेर्पा , कामी शेर्पा लगायत २३ जना नेकपा प्रवेस गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगा जिल्ला कमिटिका सचिवालय सदस्य तथा चम्पादेवी सह इन्चार्ज सुरेस थापाको प्रमुख आतिथ्यतामा भएको सो पार्टी प्रवेस कार्यक्रममा जिल्ला सदस्यहरु खड्ग बहादुर कार्की, गणेश कार्की , झम्कहरी बडाल, रन्जित धमला र तिलक खड्का लगायत अतिथि रहेका थिए।
केहि दिन अगाडी पनि वडा नम ८ मा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस त्याग गरि १६ जना नेकपा प्रवेस गरेका थिए। कार्यक्रमका वक्ताहरुले नेकपमा प्रवेस गरेका नवप्रवेसीहरुलाई स्वागत गर्दै आगामी राजनीतिक यात्राको लागि शुभकामना दिएका थिए।