अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले गोकर्णेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझायो

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले गोकर्णेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझायो

कपन अनलाइन

काठमाडौं श्रावण २४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले गोकर्णेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ। नगर प्रमुख सन्तोष चालिसेलाइ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनका संयोजक  कृष्ण थापा मगर र सह संयोजक  राजकुमार लामिछाने द्वरा हस्ताक्षरित  उक्त ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा बाट मिति २०७७ साल साउन १६ गतेको बिद्यार्थी भर्ना तथा कक्षा संचालन सम्बन्धमा मिति २०७७ साल साउन १८ गते बाट भर्ना सुचारु गरि भाद्र १ गते देखि कक्षा संचालन गर्ने व्यहोराको  बिद्यालयलाइ लिखित निर्देशनका साथै अन्य महानगर र नगरको पनि तयारी प्रति अनेरास्ववियु जिल्ला कमिटि काठमाडौंको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९को कारण काठमाडौं जिल्ला अन्तर्गत लगभग पांच लाख बिद्यार्थीहरु बिध्यालय जान बाट रोकिएको जनाउदै नेपाल सरकार शिक्षा मन्त्रि परिषदको २०७७ साल श्रावण ६ को निर्णय अनुसार लकडाउन खुले संगै भाद्र १ देखि बिद्यार्थी भर्ना गर्न सकिने निर्णय गरेको छ तर अध्ययन अध्यापन गराउने सम्बन्धमा कोभिड १९ को संक्रमणको अवस्थालाई हेरेर अर्को निर्णय नभए सम्म शैक्षिक संस्था संचालन गर्न नपाइने उल्लेख गरेको जानकारी गराउदै हाल काठमाडौंमा कोरोना संक्रमण उच्च हुदै गइरहेको , यो बिकराल अवस्थामा २०७७ साल श्रावण १८को स्वास्थ्य तथा जन संख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत ६० वर्ष माथीका वृद्द बृदा र १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोरोना उच्च जोखिम हुने भएकोले घर बाहिर नानिस्किन आग्रह गरिएको  उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा  यस बाट  सरकार संचालनका निकायहरु, केन्द्र सरकार र स्थानीय सरकार बिचमा समन्वय नभएको प्रष्ट देखिएको, शिक्षा  जस्तो महत्वपूर्ण बिषयमा केन्द्र सरकारबाट एउटा निर्णय गर्दै जाने र स्थानीय सरकार अर्को निर्णय  गर्दै जाने कार्यले यसै पनि कोरोना कहरको त्राशदी, आम अभिभावकको बिकराल अवस्था बिद्यार्थीहरुको तनाबपूर्ण  मनोविज्ञानलाइ उपेक्षा गरि वैकल्पिक शिक्षण पद्दति र सिकाइको अन्य कुनै बिकल्प नसोधी पुरानै तरिकाले शिक्षण  सिकाइलाइ जोड गर्ने र प्रत्येक  बिद्यार्थीको निशुल्क पिसी आर टेस्ट गरेर मात्र कक्षा संचलान गर्ने बारे सोच्नु पर्नेमा त्यसो नगरी आएको निर्देशनले आम बिद्यार्थीको स्वास्थ्य माथि ठुलो खेलवाड  गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको निष्कर्ष रहेको जनाइएको छ ।

यो विषम परिस्थितिमा निर्णय लिंदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको संघठन लगायत अन्य सरोकारवाला निकायहरुको मतलाई पनि छलफलमा समाबेश गर्नको लागि सम्बन्धित निकाय संग अनुरोध गरेको छ।यसरी  बिना समन्वय ,परिस्थितिको ठोस विश्लेषण नगरी बिद्यार्थीको स्वास्थ्य संग खेलवाड गर्ने असान्दर्भिक निर्णयको कार्वान्वयन नगर्न आम बिध्यालय अभिभावक तथा बिधार्थीहरुमा अपिल गरेको छ ।

तपाइँको प्रतिक्रिया ।