कागेश्वरीमा मन्त्री फुँयालको पहलमा १५ सय किलोको कागको मुर्ति बन्दै

कागेश्वरीमा मन्त्री फुँयालको पहलमा १५ सय किलोको कागको मुर्ति बन्दै

कपन अनलाइन

काठमाडौं श्रावण २४।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ शहीद पार्कमा राख्ने भनिएको विश्वकै ठुलो १५ सय किलोको कागको मुर्ति बनाउने काम  तिब्र गतिमा भैरहेको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालको पहलमा १५ सय किलोको कागको मुर्ति बनाउने काम अघि बढेको हो ।

गागलको  शहिद पार्कमा राख्नको लागि १३ फिट अग्लो कागको मुर्ति पाटन औद्योगीक क्षेत्रमा रहेको नेपाल ढलोट उद्योगले मुर्तिको काम गरिरहेको छ  । कागको मुर्ति बनाउन दैनिक ३,४ जना कालिगढ खटिएका नेपाल ढलोट उद्योगका सञ्चालक अमिररत्न शाक्यले जानकारी गराएका छन । अहिले मुर्तिको झण्डै ७५ प्रतिशत काम सकिएको उनले जानकारी गराए  । कागको मुर्तिका लागि टाउको, जीउ, खुट्टा सहित एउटा पखेटा बनिसकेको  र अहिले दायाँ पखेटा बनाउने काम भैरहेको  जानकारी गराए। लकडाउनका कारण काम रोकिए पनि साउन ६ गते राती सरकारले लकडाउन हटेको घोषणा गरेपछि मुर्ति निर्माणको काम पुन  सुरु भएको उनले जानकारी गराए।

पञ्चरत्न धातुको कागको मुर्ति निर्माणका लागिमन्त्री फुयाँल सहित  उपभोक्ता समिति गठन गरी काम अगाडी बढेको हो । कागेश्वरीमा २ सय २७ किलोको ४ दशमलव ५ फिट अग्लो कागको मुर्ति यसअघि नै राखिएको छ ।विश्वमै ठुलो कागको मुर्ति बनेपछि नगरपालिकालाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिकाका प्रमुख कृष्णहरि थापाले  बताए  ।

सौजन्य : कागेश्वरी खबर

तपाइँको प्रतिक्रिया ।