शान्तिबाटिका रत्नपार्कमा मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगरको सरसफाई

शान्तिबाटिका रत्नपार्कमा मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगरको सरसफाई

कपन अनलाइन 

काठमाडौं ,साउन २४।

मदन भण्डारी फाउन्डेसन काठमाडौ महानगर कमिटीको आयोजनामा रत्नपार्क स्थित शान्तिबाटिकामा सरसफाई कार्यक्रम गरिएको छ ।  मदन भण्डारी फाउन्डेसन महानगर कमिटी इन्चार्ज ध्रुब थपलिया तथा कमिटीका अध्यक्ष टीका पराजुली लगायत कमिटिका पदाधीकारी , सदस्य एवम सामजिक अभियान्ताहरुको सहभागिता रहेको सो कार्यक्रममा रत्नपार्क क्षेत्रको सरसफाई गरिएको थियो।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको एक महिने स्मृति दिवस मनाउने अभियान अन्तर्गत  काठमाडौंको मुटुमा रहेको रत्नपार्कको शान्ति बाटिकामा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गगरिएको कमिटिका अध्यक्ष टिका पराजुलीले बताएका छन।

स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी गरिएको कार्यक्रममा कमिटीका अध्यक्ष टीका पराजुलीले स्वर्गीय जननेता मदन भण्डारी सम्पुर्ण नेपालीहरुका प्रिय नेता भएकोले जन आन्दोलन २०४६ का कमान्डर गणेशमानको प्रतिमा भएको ठाउँमा सरसफाइ गरी सामाजिक उतारदायित्त्व र राजनीतिक सहिष्णुता कायम गर्ने प्रयास गरिएको पराजुलीको भनाइ रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।