राहत शिक्षकहरुको दरवन्दी पुन वितरण मान्य छैन :डम्बर राई (उपमहासचिव ,राहत शिक्षक समिति )

राहत शिक्षकहरुको दरवन्दी पुन वितरण मान्य छैन :डम्बर राई (उपमहासचिव ,राहत शिक्षक समिति )

कपन अनलाइन

काठमाडौं ,साउन २३।

नेपाल राहत शिक्षक समितिले  नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको राहत शिक्षकहरुको दरवन्दी पुन वितरण  मान्य नहुने बताएको छ।नेपाल राहत शिक्षक समितिका केन्द्रीय उप महासचिव डम्बर राईले वर्षौ देखि सेवारत रहेका शिक्षकहरुलाई हठात रुपमा दरवन्दी मिलानका नाममा सरुवा गर्ने कार्य ठिक नभएको बताएका छन।

राहत शिक्षक समिति काठमाडौंका अध्यक्ष समेत रहेका राईले चरम पेशागत असुरक्षा हुँदा हुँदै पनि शैक्षिक विकासमा निरन्तर योगदान दिएका शिक्षकहरुलाई प्रतिसोध साध्ने तरिकाले दरवन्दी पुलमा राख्ने काम सहि नभएको बताएका हुन्।

सो सम्बन्धमा साउन २३ गते बस्ने केन्द्रीय समितिको बैठक बाट आवस्यक निर्णय गर्ने जानकारी दिदै राईले काठमाडौं जिल्लाका १,०६४ जना शिक्षक पुलमा परेको भन्दै वर्षौ सेवा गरेको स्थान बाट एक्कासी हटाउदा यसले शिक्षक विकासमा पार्ने असरका वारेमा गम्भर बनेर सोच्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।