बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा दुई र १० मा एक जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,साउन २२।
बुढानिलकण्ठ नगरपालिकामा आज थप ३ जना कोरोना ( कोविड १९ ) संक्रमण पुस्टी भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा दुई र १० मा एक जनामा कोरोना संक्रमण पुस्टि भएको हो।
कोरोना संक्रमण हुनेमा बूढानिलकण्ठ नगरपालिका वडा नं १० का ३० बर्षीय र २८ बर्षीय श्रीमान श्रीमती रहेको तथा बूढानिलकण्ठ नगरपालिका वडा नं ९ बस्ने थप एक जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले जानकारी दिएका छन।
उक्त स्थानमा स्वास्थ्य शाखाको टोलि गई कन्ट्याक्ट ट्रेसिंगको कार्य शुरु भैसकेको जानकारी दिदै स्वास्थ्य शाखाले सचेत रहनका लागि अनुरोध गरेको छ ।बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमित संख्या २३ पुगेको छ।
तपाइँको प्रतिक्रिया ।