ओखलढुंगा घोराखोरीका चट्यांग पिडितलाई चम्पादेवी गाउँपालिकाको सहयोग
कपन अनलाइन
ओखलढुंगा ,साउन २१।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरीका चट्यांग पिडितलाई चम्पादेवी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।गएराति आएको चट्यांगले स्थानीय दिपक खड्काको घरमा रहेको गाई र टिभी लगायतका विधुतीय सामग्रीमा असर पारेको थियो।
पिडित कार्कीलाई सहयोगका लागि पुगेका चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले नगद ५ हजार हस्तान्तरण गर्दै आवस्यक परेमा अन्य सहयोग गर्ने बताएका थिए।
सहयोग हस्तान्तरण गर्दै केसीले वर्षात र प्रतिकुल मौसम रहेको समया सजग र सचेत रहन गाउँपालिकावासीलाई अनुरोध गर्दै आपतकालीन अवस्था आएमा गाउँपालिकाले सार्वजनिक गरेको नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन।
सो सहयोग हस्तान्तरणका वडा नं ८ का अध्यक्ष तथा प्रवक्ता अजय लुइँटेल सहित स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।