बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा केयर बाल गृह वडा नं ११ का बालबालिकाको उद्दार
कपन अनलाइन
काठमाडौं ,साउन २१।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको केयर बालगृहका ११ जना बालबालिकालाई उद्दार गरिएको छ ।बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा उक्त बालगृहमा रहेका बालबालिकालाई राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेको हो ।
राष्ट्रिय बाल अधिकार परिषद र केन्द्रीय बालबालिका खोज तलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको गैसस महासंघ काठमाडौंका अध्यक्ष बाल अधिकारकर्मी प्रदिप डंगोलले जानकारी दिएका छन।
उक्त बाल गृह बाट उद्दार गरिएका बालबालिका नेपाल सरकारको अभिभावकत्वमा आएको बताउदै डंगोलले आगामी दिनमा उनीहरुको सम्पूर्ण हेरचाह सरकारले गर्ने बताएका छन।
तपाइँको प्रतिक्रिया ।