बुढानिलकण्ठ नगरपालिकाका तिन जनामा कोरोना संक्रमण

बुढानिलकण्ठ नगरपालिकाका तिन जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,साउन २१।

बुढानिलकण्ठ नगरपालिकाका तिन जनामा कोरोना संक्रमण पुस्टि भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का दुई जना तथा वडा नं २ का एक जनामा कोरोना संक्रमण देखिएको हो। वडा नं ७ मा ४२ र ६६ वर्षीय महिला र वडा नं २ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

केहि दिन पहिले गरेको RT PCR परिक्षणमा कोरोना देखिएर बलम्बुमा रहेका व्यक्तिको परिवारका सदस्यको परिक्षण गर्दा उनका सासु तथा श्रीमतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा बुढानिलकण्ठ  प्रमुख कुमार दाहालले जानकारी दिएका छन।

नेपाल सरकारको नीति अनुसार उनीहरुलाई नगरपालिकाका स्वास्थ्य कर्मीको निगरानीमा  सेल्फ होम आइसोलेसनमा राखिएको र वडा नं २ का पुरुष गंगालाल अस्पतालमा कार्यरत रहेकोले सोहि अस्पतालमा राखिएको दाहालले जानकारी दिएका छन।

उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको तुरुन्त स्वाव संकलन गर्ने बताउदै प्रमुख दाहालले सचेत रहन बुढानिलकण्ठ नगरवासीमा अनुरोध गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।