एक सर्को बिश्वास :सीमा पुरी (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन २०।
आँसुको बादल फाटेर मुस्कानको
एक सर्को किरण
आफ्नै अनुहारमा परेको छ्।
असीनाले चुटेझै आफ्नै आँसुका
थोपाहरुले चुटेर घाइते थियो मन
यी चोटहरुको ओखती बनेर फर्केको छ
आफ्नै बिश्वास भरोसा बनेर आफैमाथि ।
अब गलाउने छैन आँसुले समयले
आँसु जित्न सिकायको छ मनले
जिन्दगीलाई यस्तै भरोसा दिलाएको छ ।
अध्यारो रातलाई चिर्दै बेदनाको पहाड भत्काएर
खुसीको एक हुल
आभास मनमै छिरेको छ।
धुलो जमेर बसेको सम्झनाका पहाडहरमा
एक झरी बर्षा परेको छ
सीतल बतास मन मै सरेको छ ।
एक लरको खुसीको किरण
आफ्नै मुहारमा परेको छ
हृदय देखि टाढिएको मन
आफैतिर सरेको छ।
जिन्दगी आफैं संग खुसी छ
दु:खका पहाड भत्काई मैदानमा
खुसीको खेती गर्दै छ।
जे छ आफैं संग त्यससँगै घुलेर
नयाँ खेती रोपेको छ
थुप्रै बिस्वास फलाउने आशामा ।
तपाइँको प्रतिक्रिया ।