तारेभिरको पर्यटकीय सम्भावनालाई रोजगारीमा परिणत गरौ : प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे

तारेभिरको पर्यटकीय सम्भावनालाई रोजगारीमा परिणत गरौ : प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे

कपन अनलाइन 

काठमाडौं ,श्रावण १९। गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित तारेभिर आधारभूत बिध्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी घिमिरेले आयोजकलाइ धन्यवाद दिदै नगरपालिका अथवा नेपाल सरकारले नै गर्नु पर्ने काममा छायाँ नेपाल जस्ता साझेदारी संस्थाले सहयोग गरेकोमा खुसि ब्यक्त गर्दै उक्त काम सह्रानीय भएको बताए।

उनले ८० प्रतिशत सम्म लागत साझेदारी गर्नु भनेको अत्यन्तै सह्रानीय उदाहरणिय काम भएको बताए ।उनले आगामी दिनमा पनि शैक्षिक क्रियाकलाप तथा भौतिक पूर्वाधार निर्माणलाइ  अगाडी बढाउन पनि साझेदारी गर्न नगरपालिका इच्छुक भएको जानकारी गराउदै छायाँ नेपालले एक जना शिक्षक एक बर्षको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको मा खुसि ब्यक्त गर्दै  संस्थालाइ  धन्यवाद ज्ञापन गरेका थिए ।

उनले बिध्यालय भनेको सरस्वतीको  मन्दिर भएको बताउदै सो मन्दिर बाट जुन ज्ञान पाउछौ त्यसले भबिष्य निर्माण गर्ने बताए ।आफु जन्मनु भन्दा अगाडी २०१७ सालमा स्थापना भएको बिद्यालय अहिले सम्म ५ कक्षा सम्म मात्र संचालन  हुनु दुखद भएको र सो बिद्यालयको बिगतले नै कति काम गर्न सकेको र कति काम गर्न बाँकी छ भनेर  देखाएको बताए ।शिक्षकले  प्रत्येक बिद्यार्थीहरुलाई व्यक्तिगत रुपमा हेरेर उनीहरुको चौतर्फी बिकासमा कसरि अगाडी बढाउन सकिन्छ र  उनीहरु भित्र रहेको अंतर्निर्हित प्रतिभा प्रष्फुटन गराई उनीहरुको भविष्य दिशा निर्देश गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले राज्यको ठुलो लगानी रहेको शिक्षा  क्षेत्र रहेको बताउदै देशको ठुलो- ठुलो ओहादामा बस्ने मानिसहरु संस्थागत बिध्यालयमा पढेको नभई सार्वजनिक बिध्यालयमा नै पढेको जसलाई सरकारले लगानी गरेको  स्पस्ट पारे।

उनले २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि  मात्र शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्छ भनेर बिभिन्न स्थानमा  बिध्यालय खोल्ने क्रम शुरु भएको जानकारी गराउदै उनले  आफु स्वयमले पनि एस एल सी पास गरेको बिद्यालय पनि सार्वजनिक बिद्यालय भएको जुन  २०१६ सालमा स्थापना भएको बताए । आफु एस एल सी पास गर्दा १२५ जनाले एस एल सी दिएको स्मरण गर्दै हाल सो बिद्यालयमा ब्याचलर बिबिएस बि ए सम्म को पढाई हुन्छ जबकी त्यो पनि कुनै दुर्गम जिल्लाको दुर्गम गाउकै बिद्यालय भएको जानकारी गराए।

उनले सोहि दुर्गम बिद्यालयको उदाहरण    दिदै जन संख्याको हिसाबले कमसे कम यो तारेभिर  क्षेत्र बाट  बिध्यालयमा पहुँच हुने बिद्यार्थीहरु यहि बिद्यालयमा आएर पढ्ने शैक्षिक बातावरण र भबिष्य छ भनेर मात्र  बिध्यालय आउने  बताउदै भविष्य नदेखेको खण्डमा  बिद्यार्थी नआउने बताउदै नत्र जहा भविष्य देख्छ मान्छे त्यहि कुद्ने अवस्था रहेको बताए।

उनले यति सुन्दर शान्त वातावरणमा पहाड को टाकुरामा सुबिधा सम्पन्न सौचालय , प्रयोगशाला सहितको जुन बिद्यालय भवन बनेको छ ,त्यसको उपयोग बिद्यार्थी भाइ बहिनीहरु आए भने मात्र हुने नत्र भने सो भवन गाइ बस्तु चर्ने ,बाख्रा  लगायतका जनवार आउने दिशा पिसाब गर्ने ठाउ  बन्ने भन्दै  थुप्रै बिध्यालय बिद्यार्थीको अभाबमा खण्डहरमा परिणत भएको बताए । सोहि कारणले धेरै  बिध्यालयहरु मर्ज गरेर जानु पर्ने अवस्था आएको थुप्रै देखेको बताए। उनले शिक्षकहरुले साना साना कालिला बालबालिकाको लागि गरिएको  शिक्षण सेवा पुण्य कामको  सेवा  भएको बताउदै राज्यकोष बाट  तलब  खाएर पुण्य कमाउने काम शिक्षण पेशा बाहेक  अन्त कतै नभएको बताए।

उनले ब्यापार गर्ने मान्छेले निश्चित फाइदा नलिकन सामान नबेच्ने ,व्यवसाय गर्ने मान्छेले अलिकति फाइदा भएन भने बन्द गरेर  अर्को व्यवसायमा हात हाल्ने गरेको उदाहरण दिदै  शिक्षक कर्मचारीहरुको अन्य  बिकल्प नभएको , जति गफ लगाएपनि  यो जागिरमा मलाई सन्तुष्टि भएन, तलब थोरै भयो, यस्तो लागीर के खाने भनेर चिढाए पनि त्यो भन्दा राम्रो बिकल्प  केहि पनि छैन उनले भने  ,  शिक्षकले यो  भन्दा राम्रो शिक्षा  दिनु भन्दा अन्य  बिकल्प नभएको  हुँदा त्यसलाई   गम्भीरता पुर्वक मनन गर्न अनुरोध गरेका थिए ।

उनले तारेभिर बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिका दुवै तर्फ बाट सहज हुने, ठुलो जनसंख्या भएको १५ बिस मिनेट, आधि घण्टामा गाडी चढेर आउन पाउने शान्त ठाउमा  बास्तवमा पर्यटकीय हिसाबले पनि सम्भावाना युक्त स्थान रहेको बताए । उनले त्यस्ता सम्भावना भएका स्थानलाई पहिचान गरि रोजगारी सिर्जना गर्ने तर्फ उन्मुख हुनुपर्ने भन्दै नगरपालिकाको ध्यान पनि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने रहेको बताए । उनले सो स्थानमा होम स्टे राम्ररी चलाउन सकेको खण्डमा रोजगारी का साथै  स्थानीयको आय आर्जन मा टेवा पुग्ने बिश्वास ब्यक्त गरे उनले  तारेभिरको पर्यटकीय सम्भावनालाई रोजागारी तथा आय आर्जनमा  परिवर्तन  गर्नको लागि अनुरोध गर्दै सो काममा  नगरपालिकाले के कस्तो सहयोग गर्न पर्छ  त्यसमा सहयोग गर्ने बताए ।

फोटो: सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।