काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना

काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना

कपन अनलाइन

काठमाडौं ,साउन १९।

काठमाडौंको चन्द्रागिरि नगरपालिका चेक्पोस्ट स्तिथ बेबि पाउरोटि कारखाना अगाडि सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको महानगरीय प्रहरी बृत्त थानकोटले जानकारी दिएका छन  ।बिहान ११ बजे बा ९१ प ४२३९ र प्रदेश ३ ०२ ००३ प ७९२२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।

घाइते हुनेमा च.न.पा २ का बुद्ध लामा तामांग र च.न.पा ३ थानकोटका भरत रेले रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।घाइते भएको सामान्य रहेकाको र उनीहरुको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर: चिरन्जीवी महर्जन

तपाइँको प्रतिक्रिया ।