पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं २ बरुवामा पहिरोमा परि दुई जनाले ज्यान गुमाए

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं २ बरुवामा पहिरोमा परि दुई जनाले ज्यान गुमाए
कपन अनलाइन
काठमाडौं ,साउन १९/दिपक विक्रम देउजा
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं २  बरुवामा पहिरोमा परि  दुई जनाले ज्यान गुमाएका छन । साविक बरुवा गाविसको वडा नं ८ मा गए राति गएको पहिरोमा परेर   वर्ष ५० का ज्ञान बहादुर क्षेत्री र वर्ष ४८ कि लक्ष्मी सिलवालको मृत्यु भएको हो। 
त्यस्तै गए राति मेलम्ची नगरपालिका वडा नं ११ मा गएको पहिरोमा परेर ८ जनाले ज्यान गुमाएका छन भने १ जनाको उद्दार गरिएको छ। साथै पहिरोका कारण सिन्धुपाल्चोक जिल्लाको पश्चिमी क्षेत्रका धेरै सडकहरु अवरुद्ध बनेका छन। 
तपाइँको प्रतिक्रिया ।