बुढानिलकण्ठ नगरपालिका वडा न. ६ को प्रगति सामुदायिक बनमा वृक्षारोपण
कपन अनलाइन
काठमाडौं ,साउन १८।
बुढानिलकण्ठ नगरपालिका वडा न. ६ को प्रगति सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्राकृतिक सम्पदाका रुपमा रहेको उक्त सामुदायिक बनमा गरिएको वृक्षारोपणमा बागमती प्रदेशका सांसद दिपक निरौला, भिमसेन खत्री, बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल,जनप्रतिनिधि,सुरक्षाकर्मी सहित स्थानीयहरुले वृक्षारोपण गरेका थिए।
‘वडालाई हरियाली बनाउन आफ्नो वरपर र घर घरमा उपयुक्त बोटबिरुवा लगाउ, स्वच्छ बाताबरण बिकासमा सहयोग गरौं’ भन्ने उद्देश्यले साथ आयोजना गरिएको वृक्षारोपणमा जिल्ला वन कार्यालयबाट प्राप्त १२०० विरुवामा ५०० सामुदायिक बनमा रोपिएको छ भने बाँकी क्लव तथा स्थानियलाई सार्वजनिक ठाउँमा रोप्नमा लागि वितरण गरिएको वडा अध्यक्ष नविन केसीले जानकारी दिएका छन ।
सो वृक्षारोपणमा च्यासुण्डोल युवा क्लब, न्यु भिजन क्लब, राम सिता युवा क्लब सामुदायिक बनका पदाधिकारी, स्थानिय समाजसेवी, टोल सुधार र बिकास समिती, महिला समितीहरु र स्थानीयहरुको सहभागीतामा रहेको थियो ।