प्रहरी द्वारा काठमाडौंको तारेभिर क्षेत्रमा गाँजा फँडानी

प्रहरी द्वारा काठमाडौंको तारेभिर क्षेत्रमा गाँजा फँडानी

कपन अनलाइन

काठमाडौं, श्रावण १५ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बुधबार गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमाना तारेभिर आसपास प्राकृतिक रुपमा उम्रिएका अवैध गाँजाका बोटहरु नष्ट गरिएको छ ।

महानगरीय प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की र महानगरीय प्रहरी वृत्त महाराजगंजका वृत्तका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काको  नेतृत्वमा खटिएको प्रहरीको टोलि  र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले उक्त क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु फडानी गरेका हुन्।

 सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मण गोले,महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यलय प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरि, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक बासुदेब थापा, महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन गिरि सहित प्रहरी जवानहरु, स्वतन्त्र टोल सुधार समिति सुन्ताखान, भगवती युवा क्लब, अत्तरखेल युवा समाज, मकालबारी युवा समाज,  बागमती युवा समाज ,महिला समूह युवा, समाजसेवि, भद्रभलाद्मी, स्थानीय जनता गरि करिव १०० जनाको सहभागितामा करिब  ३०,००० भन्दा वढी प्रकृतिक रुपमा उम्रेका गाँजाका वोटहरू फडानी गरी नष्ट गरिएको थियो भने लागुऔषध सम्वन्धि पर्चा  वितरण गरी लागुऔषध वाट टाढा रहन स्थानियवासीलाई अपिल गरिएको  थियो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की र महानगरीय प्रहरी वृत्त महाराजगंजका वृत्तका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्कालेसामाजिक अपराध रोक्न सामाजिक ढण्ड नै वढी प्रभावकारी हुने हुँदा समाजमा अपराधिक गतिविधि अन्त्य गर्न सामाजिक व्यक्तिहरूको महत्वपुर्ण भुमिका रहने वताउदै नयाँ पुस्ताले समाज परिवर्तन गराउन सक्ने हुँदा संगठनिक रुपमा सामाजिक विकृति र विसंगतिको विरूद्ध लाग्नु पर्नेमा  जोड दिएका थिए।

उनीहरुले तारेभिर क्षेत्रलाई गाँजा मुक्त वनाएर पर्यटकीय गाऊको रुपमा विकास गर्न सके समाजमा सामाजिक तथा आर्थिक विकास गर्न सकिने र समाज पुर्णरुपमा सुरक्षित हुने कुरामा जोड दिदै आगामी दिनहरूमा गाउलाई गाँजा मुक्त वनाउन जनता र प्रहरी संग संगै साझेदारी कार्यक्रम मार्फद जानु पर्ने बताए ।

 त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ३ का   वडा अध्यक्ष  राजन्द्र कुमार भण्डारीले  प्रहरीले शान्ति सुरक्षालाई मात्र चासो नदिई सामाजिक विकास र सामाजिक सुरक्षालाई समेत चासोको रुपमा लिई समाजमा उदारणिय भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै समाजलाई अपराध मुक्त र सुरक्षित वनाउनको लागि स्थानिय निकायले पुर्ण साथ दिने  बताए ।

तपाइँको प्रतिक्रिया ।