नेपाली कांग्रेसको जेष्ठ राजनीतिज्ञ सभामा ओखलढुंगाका १२ जना

नेपाली कांग्रेसको जेष्ठ राजनीतिज्ञ सभामा ओखलढुंगाका १२ जना

कपन अनलाइन 

काठमाडौं ,साउन १५।

नेपाली कांग्रेसले जेष्ठ राजनीतिज्ञ सभा गठन गरेको छ।

नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम गठन गरिएको  ज्येष्ठ राजनीतिज्ञ सभामा पुर्व सभामुखहरु तारानाथ रानाभाट र दमननाथ ढुंगाना सहित विभिन्न व्यक्तिहरुलाई सो सभामा मनोनयन गरिएको छ।

नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा योगदान दिएका पुराना नेता तथा कार्यकर्ताहरुलाई समेटिएको सो सभामा ओखलढुंगा जिल्ला बाट १२ जना मनोनित भएका छन।

सो सभामा ओखलढुंगा जिल्लाबाट निम्न व्यक्तिहरुलाई मनोनयन गरिएको छ :

१.उत्तर कुमार कटुवाल
२.खिलनाथ अधिकारी
३.चन्द्रकान्त दाहाल
४.टंक बहादुर कार्की
५.दुर्यधन गिरी
६.पृथ्वी बहादुर कार्की
७.महेश कुमार कोर्मोचा
८.युबराज घिमिरे
९.होमनाथ दाहाल
१०.रुद्र प्रसाद दाहाल
११.बालगोबिन्द राजभण्डारी
१२.देबि बहादुर के सि

तपाइँको प्रतिक्रिया ।