बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ठुलोगाउँमा लायन्स क्लवको वृक्षारोपण

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ठुलोगाउँमा लायन्स क्लवको वृक्षारोपण

कपन अनलाइन 

काठमाडौं ,साउन १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ठुलोगाउँमा  लायन्स क्लव अफ काठमाडौं सिम्रिक ग्रुपले वृक्षारोपण गरेको छ। सो क्लवले आयोजना गरेको वृक्षारोपण कार्यकममा शिवपुरी नव जागृति युवा क्लवको सहयोग रहेको थियो भने आइतवारे पार्क व्यवस्थापन समिति ,शिवपुरी नागार्जुन मध्यवर्ति  क्षेत्र लगायतका संघ संस्थाको सहभागिता रहेको थियो।

सो क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको सो अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , वडा नं ४ का अध्यक्ष राजु खडका ,वडा नं ३ का सदस्य आकाश धिताल  लायन्स लिडरहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।