नेपाल सक्रिय तथा सृजनशिल युवा समुह गोकर्णेश्वर ८ द्वारा सरसफाई

नेपाल सक्रिय तथा सृजनशिल युवा समुह गोकर्णेश्वर ८ द्वारा सरसफाई

कपन अनलाइन

काठमाडौँ, साउन ११ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा सरसफाई गरिएको छ ।समृद्द राष्ट्र निर्माणका लागि युवा सक्रियता भन्ने मूल नाराको साथमा नेपाल सक्रिय तथा सृजनशिल युवा समुहको आयोजनामा शनिबार डाँडागाउ क्षेत्र चामुण्डा आरुबारी मूल सडक  सरसफाई गर्नुको साथै जनचेतना जगाएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा   गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं  ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना रहेका थिए भने बिशेष अतितिको रुपमा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, डांडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल आयोजक संस्थाका अध्यक्ष रोशन खड्का , लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको सहभागितामा सो क्षेत्रका बिभीन्न स्थानमा सरसफाई गरिएको थियो ।उनीहरुले  बाटोमा जथाभावी फ्याकिएका प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गरि सरसफाई  गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष मनोज कुमार ढुंगानाले उक्त कार्यको प्रसंशा गर्दै  युवाहरु नै जागरुक भई  सामाजिक कार्यमा लाग्न  समेत अनुरोध गरेका थिए।कार्यक्रममा बोल्दै नगरपालिकाक सल्लाहकार दिपक रिसालले आयोजकलाइ धन्यबाद दिदै सरसफाई कार्यक्रमलाइ निरन्तरता दिन अनुरोध गरेका थिए ।उनले सफाई गर्दा समाजमा यसको सकारात्मक संदेश जाने र फोहोर गर्नु हुन्न भन्ने चेतनाको विकास हुने बताए।

 

तपाइँको प्रतिक्रिया ।