काठमाडौं महानगरपालिका वडा नं ७ चारुमती बिहारको प्रवेसद्वार उदघाटन

काठमाडौं महानगरपालिका वडा नं ७ चारुमती बिहारको प्रवेसद्वार उदघाटन

कपन अनलाइन 

काठमाडौं ,साउन ११।

काठमाडौं महानगरपालिका वडा नं ७ चारुमती बिहारको प्रवेसद्वार उदघाटन गरिएको छ। बागमती प्रदेस सभा सदस्य नरोत्तम बैधको पूर्वाधार विकास कोषको रकम बाट ८ लाख २२ हजारमा निर्माण गरिएको सो प्रवेस द्वारको सनिवार उदघाटन गरिएको हो।

काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा,बागमती प्रदेस सभा सदस्य नरोत्तम बैध ,काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल ,वडा सदस्य कृष्ण प्रसाद घिमिरे ,निर्मला पुडासैनी सहित स्थानीयहरुको उपस्थितिमा सो प्रवेस द्वारको उदघाटन गरिएको थियो।

उक्त  प्रवेस द्वारको उदघाटन गर्दै काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य थापाले चाबहिल क्षेत्रकाे संस्कृति र सम्पदा संरक्षण गर्ने उदेश्य सहित सुरु गरिएकाे सांस्कृतिक पूनर्जागरण अभियान अन्तर्गत चारुमती विहारकाे ऐतिहासिक,पुरातात्विक तथा सांस्कृतिक प्रवेशद्वार”चा:बही ध्वाखा”काे निर्माण सम्पन्न भएकोमा खुसि ब्यक्त गरेका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष डंगोलले चारुमती  बिहारको   पुननिर्माण कार्य सम्पन्न भएको जानकारी दिदै वडाका अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण कार्य भैरहेको बताएका थिए।

तपाइँको प्रतिक्रिया ।