बुढानिलकण्ठमा ५४ दिन सम्म संचालित निशुल्क भोजन अभियानको समापन
कपन अनलाइन
काठमाडौं ,साउन ११।
बुढानीलकण्ठ युवा क्लव महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ तथा सामुदायिक प्रहरी केन्द्रको समन्वयमा सञ्चालन गरिएको निःशिल्क खाना वितरण कार्यक्रम समापन भएको छ।
बैशाख ३१ गते देखि शुरु गरिएको उक्त कार्यक्रममा ५४ दिनसम्म निरन्तर ३२ हजार व्यक्तिहरुलाई निशुल्क भोजन वितरण गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले कोभिड १९ को यस महामारीका समयमा विभिन्न किसिमका समस्याहरु मध्ये भोजन उपलव्ध गराउनु मुख्य रहेको भन्दै सो कार्य निरन्तर रुपमा आयोजना गर्दै सफल बनाएकोमा यसका सबै अभियन्ताहरुलाई धन्यवाद दिएका थिए।
त्यस्तै कार्यक्रम समापन गर्दै उक्त क्लबका अध्यक्ष गणेश कुँवरले प्रहरी प्रभाग बुढानिलकण्ठ,सामुदायिक केन्द्रको समन्वयमा विभिन्न चुनौती तथा सिमित श्रोतहरुका बावजुद निरन्तर जनसेवा गर्न सहयोग गर्ने क्लवका सदस्य, विभिन्न दाताहरु प्रति आभार प्रकट गरेका थिए।
सो अवसरमा निशुल्क भोजन अभियानमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो।फोटो सौजन्य :बिएसजी न्युज